पोखराका २९ सहित गण्डकी प्रदेशका ४१ जनाका कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखराका २९ सहित गण्डकी प्रदेशमा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ३ का ३ पुरुष तथा १ महिला, ७ का २ पुरुष, ८ का १ पुरुष तथा १ महिला, ११ का २ पुरुष तथा १ महिला, १४ का १ पुरुष तथा २ महिला, १५ का १ पुरुष तथा १ महिला, १७ का १ पुरुष तथा २ महिला, १९ का १ पुरुष, २५ का १ पुरुष, २६ का १ पुरुष तथा ३ महिला, २९ का २ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै तनहुँ बन्दीपुरका एक बालक तथा एक पुरुष, शुक्लागण्डकीका २ महिला, व्यासका २ पुरुष, लमजुङ बेँसीशहरका २ पुरुष तथा १ महिला, मध्येनेपालका १ पुरुष, स्याङजा पालिका नखुलेका १ पुरुष, स्याङ्जा भीरकोटका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २ सय २६ जना पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button