पोखराका ८ सहित गण्डकी प्रदेशमा थप १६ जनाका कोरोना संक्रमण

पोखरा न्यूज । पोखराका ८ सहित गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ९ का १ पुरुष, १० का २ पुरुष तथा १ महलिा, २९ की १ महिला, ३० का १ पुरुष, ३१ की १ महिला, ३घ की १ महिला रहेका छन् ।

त्यस्तै तनहुँ म्याग्देका १ पुरुष, शुक्लागण्डकीकी १ महिला, स्याङजा पुतलीबजारकी १ महिला, लमजुङ बेँसीशहरका १ पुरुष, नवलपुर कावासोतीका १ पुरुष, देवचुलीकी १ महिला, गैंडाकोटका १ पुरुष तथा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ४२ जना पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button