फिल्म हल नखुल्ने, केन्द्रको निर्णय कुर्दै सञ्चालक

पोखरा न्यूज । शुक्रबारबाट फिल्म हल सञ्चालनगर्ने तयारी गरेका हल सञ्चालक पछि हटेका छन् । हल सञ्चालन गर्ने भनेर सबै तयारी गरिसकेका हल सञ्चालकले शुक्रबार काठमाण्डौमा वार्ता हुन लागेकोले हल खोल्ने निर्णयलाई परिवर्तन गरेका हुन् ।

पोखराको मल्टिप्लेक्स हल मिड टाउन सिनेमाजका व्यवस्थापक निकेश द्वाले आज काठमाण्डौमा वार्ता हुन लागेकोले नकारात्मक सन्देश जान्छ की भनेर हल नखोल्ने निर्णयमा आफूहरु पुगेको बताउनुभयो ।

‘आज वार्ता हुँदै रहेछ, वार्ता हुदै गर्दा हामी नखोलौ भन्ने सोचे हामीले बनायौ, वार्ता हुँदाहुँदै खोल्दा नराम्रो सन्देश जान्छ भनेर हो, वार्ता पछि सकारात्मक कुरा आयो भने दिउँसोबाटनै केही हल खुल्लान् तर हामीले खोल्ने कुरा आएपनि भोलि शनिबारदेखि खोल्छौँ’ द्वाले भन्नुभयो । हल सञ्चालन गर्नको लागि अन्य सबै तयारी पुगेको उहाँले बताउनुभयो ।

यता क्यूएफएक्स सिनेमाको फेन्चाइज पोखरा सिनेप्लेक्सको अप्रेसन मेनेजर राजन पुरीले हआज हल खुल्ने की नखुल्ने भन्ने विषयमा केन्द्रमा सोधेको तर निर्णय आइनसकेको बताउनुभयो । ‘मैले काठमाण्डौ कुरा गर्दैछु, काठमाण्डौमा बोर्ड अफ डाइरेक्टरको बैठक चलिरहेको छ, निर्णय आइसकेको छैन, तर हामीले पनि आज नखोल्ने भयौँ’ उहाँले भन्नुभयो ।

यसअघि पोखराको मल्टिप्लेक्स हल मिड टाउन सिनेमाज, पोखरा सिनेप्लेक्स र लामाचौरमा रहेको हिमाज सिनेमाहल शुक्रबारबाट खुल्ने बताइएको थियो । ५० प्रतिशत अकुपेन्सीमा कोरोना महामारीको त्रास कायमै रहेकोले फिल्म हलमा स्वास्थ्य मापदण्डको पुरै पालना गर्ने हल सञ्चालनको तयारी थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button