पोखरामा १२ सहित गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा १२ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउँसो थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ५ का १ पुरुष, ७ का १ पुरुष, ९ का १ पुरुष, १२ की १ महिला, १५ की १ महिला, १७ का १ पुरुष, १९ की १ महिला, २५ का ३ महिला, २६ की १ महिला, २७ का १ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँ बन्दीपुरकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १४ हजार २ सय ५५ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button