नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय जनामा कोरोना संक्रमण, ३ कोे मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

शनिबार ८ सय ४० संक्रमित निको भएर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ । त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस सँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button