नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ५९ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो । यस सँगै नेपालमा संक्रमित हुनेको कूल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा ७ सय १८ जना निको भएर घर फर्किएका छन् ।
यस सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button