भोलि बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा न्यूज । भोलि पुष १५ गते बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । तमु ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको निर्णयले तमु ल्होसार पर्वका अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सूचना जारी गरेको हो । सो सूचना प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button