पोखरामा १६ सहित गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा १६ सहित गण्डकी प्रदेशमा विहीबार दिउसो थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित पुष्टिहुनेहरुमा पोखरा महानगरपालिका वडा नं ८ का १ पुरुष, ९९ का २   महिला, १० का ५ पुरुष तथा ३ महिला, १७ का १ पुरुष, १९ का १ पुरुष, २५ का १ पुरुष र पोखरा महानगरपालिका वडा नं नखुलेका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै लमजुङ सुन्दरबजारका २ पुरुष, बागलुङकी १ महिला, म्याग्दी बेनीकी १ महिला, स्याङ्जा हरिनासकी १ महिला, तनहुँ भीमादका २ पुरुष तथा २ महलिामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ५ सय ८८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button