नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

पोखरा न्यूज । नेपालमा विहीबार थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको हो । ५ हजार जनामा गरिएको कोरोना परीक्षणमा ५ सय ३४  जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ४ सय ४७ पुगेको छ । योसँगै निको हुनेको कूल संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । हालसम्म १ हजार ८ सय ५६ जनाको मृत्यु भएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button