पोखरामा २४ सहित गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा २४ सहित गण्डकीमा शुक्रबार दिउँसो थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी पदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ की १ महिला, ४ का १ पुरुष, ५ की १ महिला, ६ का २ पुरुष, ८ का १ पुरुष तथा १ महिला, ९ का २ महिला, १० का २ पुरुष तथा २ महिला, १३ का २ पुरुष, १४ का २ पुरुष, १७ का ३ पुरुष, २३ का १ पुरुष, २५ का १ पुरुष र २६ की १ महिला रहेका छन् ।

त्यस्तै स्याङ्जा चापाकोटकी १ महिला, तनहुँ व्यासका १ पुरुष, म्याग्दी मंगलाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रसिमतको संख्या १४ हजार ६ सय १५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button