पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा ३ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउसो थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ६ का १ पुरुष, १७ की १ महिला, २७ की १ महिला रहेका छन् ।

त्यस्तै बागलुङ जिल्ला बागलुङ नगरपालिकाका २ पुरुष, गलकोटका २ पुरुष तथा २ महिला, म्याग्दी बेनीका ३ पुरुष तथा १ महिला, स्याङ्जा हरिनासका १ पुरुष तथा १ महिला, पर्वत कुश्माका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६ सय ३१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button