नेपालमा पछिल्लो २४ घण्टामा४ सय १२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा बिहीबार थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ हजार १ सय ३२ जनाको पीसीआर गरिएकोमा २ सय ३० पुरुष र १ सय ८२ महिला गरी ४ सय १२ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ८३ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा तीन सय ४२ जना रहेका छन् भने ५ हजार ५८ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button