म्याग्दीमा भीरबाट खसेर पुरुषको मृत्यु

पोखरा न्यूज । म्याग्दीमा  एक पुरुषको भीरबाट खसेर मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका-३ पौवा निवासी ६० वर्षीय टंकबहादुर शाहीको भीरबाट खसेर मृत्यु भएको हो । घरदेखी चार सय मिटर पर पारीचौरको भीरबाट १० मिटर तल खसी रुखको जरोमा अल्झिएको अवस्थामा शाही मृत फेला परेका हुन् ।

विहीबार राति शौचालय जान्छु भन्दै निस्केका शाही घर नफर्केपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान ९.०० बजे मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button