नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६२ मा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा शनिबार थप ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार २ सय ८६ जनाको पीसीआर गरिएकोमा २ सय ३ पुरुष र १ सय ५९ महिला गरी ३ सय ६२ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय १२ जना रहेका छन् भने ४ हजार ६ सय ८१ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button