गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ९६० पुगेको छ । आइतबार दिउसो कास्कीको पोखराका १४ जना, तनहुँको व्यास नगरपालिकाका १ जना र घिरिङ गाँउपालिकाका १ जना, स्याङ्जा चापाकोट गाँउपालिकाका १ जना र बेनी म्याग्दी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाको वडा नं ६ का १ जना पुरुष, वडा नं ७ का २ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं १३ का १ जना पुरुष, वडा नं १५ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी महानगरकै वडा नं १७ का २ जना महिला र १ पुरुषमा, वडा नं १९ का १ जना महिला र १ जना पुरुष, वडा नं २५ का १ जना पुरुष र वडा नं ३० का १ जना महिलामा संक्रमण पुष्टि भएको निर्देशनालले जनाएको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं ५ का १ जना पुरुष, घिरिङ गाँउपालिका वडा नं २ का १ जना पुरुष, स्याङ्जा चापाकोट गाँउपालिका वडा नं ६ का १ जना पुरुष र बेनीको म्याग्दी नगरपालिकाको वडा नं ७ का १ जना महिलामा संक्रमण देखिएको छ ।

संक्रमित मध्ये १२ जना पोखरास्थित लाइफ केयर एण्ड डायग्नेस्टिक प्रालिमा गरिएको परिक्षणबाट पहिचान भएका हुन् । बाँकी ६ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनीकबाट पहिचान भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताउनुभएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button