नेपालमा थप ४ सय ८८ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा सोमबार थप ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ हजार ३ सय ९ जनाको पीसीआर गरिएकोमा २ सय ९६ पुरुष र १ सय ९२ महिला गरी ४ सय ८८ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय २७ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ९ सय २७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय ३७ जना रहेका छन् भने ४ हजार ३ सय ७३ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button