तनहुँमा घुस रकम सहित प्रहरी हवल्दार नियन्त्रणमा

पोखरा न्यूज । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको जनाएको छ ।

भण्डारीले आफू कार्यरत कार्यालयले नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदन आयोगको कार्यालयमा परेको थियो ।

त्यसका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले घुस रकम सहित प्रहरी हबल्दार भण्डारीलाई सेवाग्राहीबाट १० हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । सो बारेमा थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button