नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना

पोखरा न्यूज । नेपालमा मंगलबार थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ हजार ३ सय जनाको पीसीआर गरिएकोमा २ सय ५३ पुरुष र १ सय ७७ महिला गरी ४ सय ३० जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ९० जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको १ हजार ९ सय ३२ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय ३७ जना रहेका छन् भने ४ हजार ३ सय ९० जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button