पोखरामा २५ सहित गण्डकीमा थप ४७ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा २५ जनासहित गण्डकी प्रदेशका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा २ महिला, २ का १ पुरुष, ३ का १ पुरुष तथा १ महिला, ४ का १ पुरुष तथा २ महिला ५ का १ पुरुष, ७ की १ महिला, १० का १ पुरुष तथा १ महिला, १७ का १ पुरुष , २२ की १ महिला, २७ का २ महिला, ३० का ४ पुरुष तथा ३ महिला र कास्की माचापुच्छ्रेका १ पुरुष रहेका छन् ।

त्यस्तै तनहँ जिल्ला भानु नगरपालिकाका २ महिला, तनहँ व्यासका १ पुरुष, शुक्ला गण्डकीका १ पुरुष, पर्वत जिल्ला फलेवास नगरपालिकाका २ पुरुष, म्याग्दी जिल्ला अन्नपूर्णका १ पुरुष, बेनीका ३ पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ६ पुरुष, काठेखोलाका १ पुरुष तथा १ महिला, ताराखोलाका १ पुरुष र जैमिनीका १ पुरुष र लमजुङ बेँसीशहरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार ३ सय ३८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button