गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३७४ पुगेको छ । आइतबार प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी र पर्वत जिल्लाहरुमा थप संक्रमितहरु फेला परेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १ का १ जना पुरुष र १ जना महिला, वडा नं २ का १ जना महिला, वडा नं ४ का १ जना पुरुष, वडा नं ५ का १ जना महिला र २ जना पुरुष, वडा नं ७ का १ जना महिला, वडा नं ८ का १ जना महिला र ३ जना पुरुष, वडा नं ९ का १ जना महिला र १ जना पुरुष, वडा नं ११ का १ जना पुरुष, वडा नं १२ का १ जना महिला, वडा नं १४ का २ जना महिला, वडा १५ का १ जना महिला, वडा नं १७ का १ जना पुरुष, वडा नं १८ का १ जना पुरुष र वडा नं २९ का १ जना महिला, वडा नं ३२ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं १ का २ जना महिला, वडा नं २ का १ जना महिला र १ जना पुरुष, वडा नं ३ का १ जना पुरुष, वडा नं ४ का १ जना पुरुष, काठेखोला गाँउपालिका वडा नं ७ का २ जना महिला, म्याग्दीको बेनी नगरपालिका वडा नं २ का १ जना महिला, वडा नं ८ का १ जना पुरुष, रघुगंगा गाँउपालिका वडा नं २ का १ जना पुरुष, पर्वतको पैंयु गाँउपालिकाको वडा नं २ का १ जना पुरुष र बिहादी गाँउपालिका वडा नं ४ का १ जना पुरुषमा संक्रमण देखिएको हो ।

२२ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनु भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ । त्यसैगरी १४ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनु भएको जनाइएको छ । उहाँहरुको परिक्षण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको थियो । सबै संक्रमितहरुलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button