आजको राशिफल : २०७७ साल, माघ १९ गते सोमबार

आज मितिः २०७७-माघ-१९, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको १, २०२१, माघकृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः चतुर्थी घ.प.:३३ः२६(२०ः१५), नक्षत्रः उ.फा.(४७ः४९), योगः अतिगण्ड, करणः बब, आनन्दादी योग : श्रीवत्स

चन्द्रमाः सिंह पर कन्या, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५३

सूर्यास्तः १७ः४३

आजको राशिफलः

मेष. तपाईंको आजको दिन राम्रो देखिदैन । गरेका काममा सफलता भन्दा पनि असफलता हुने हुदा चिन्ता बढ्नेछ । स्वास्थ्यमा असर पर्नेछ । शत्रुले कुरा काट्नेछन् । मान्यजन तथा नजिकका व्यक्तिको सल्लाहलाई पनि एकपटक विचार गर्नुपर्ने देखिन्छ ।

वृष. तपाईंको आजको दिन ठिकै रहेको छ । आर्थिक क्षेत्रमा प्रगतीको सम्भावना बढ्नेछ । नयाँ उद्योगधन्दामा मन जाँदा सबैको सहयोग मिल्नेछ । सोचेका कामलाई सहज तवरले सबैको सहयोगले सहजै पूरा गर्न सक्ने देखिन्छ ।

मिथुन. तपाईंको आजको दिन राम्रै देखिन्छ । मन खुसि नै हुने हुदा जागृतिका क्रियाकलापहरु ब्ढेर जानेछन् । शुभ समाचारहरु सुन्न पाइनेछन् । सन्तानबाट सुख हुनेछ भने आँटेका कार्यहरु सहजै पूरा गर्न सक्ने सम्भावना रहेको छ ।

कर्कट. तपाईंको आजको दिन सुखद सफलता प्राप्ति गर्दै बित्नेछ । नयाँ आर्थिक कारोबारमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ भने अध्ययनमा पनि मन जानेछ । आलस्यता लागेपनि कामकार्यहरु भने सुखदपूर्वक नै सम्पन्न हुने देखिन्छ ।

सिंह. तपाईंको आजको दिन मध्यम रहेको छ । दिनको प्रारम्भिक समय राम्रो भएतापनि त्यसपछिका समय भने कष्टकर हुने देखिन्छ । बनिसकेको काम बोलिका कारणले बिग्रनेछ आफन्त र इष्टमित्रको साथ सहयोगका लागि आशा त गर्नु तर भरोसा नपर्नुनै उत्तम देखिन्छ ।

कन्या. आजको दिनमा तपाईंको लागि शुभ समाचार प्राप्त हुने दिन रहेकाले उत्तम तवरले नै व्यतित हुनेछ । आर्थिक तथा व्यवसायिक कारोबारमा सफलता प्रप्ति हुँदा तपाईंको मनमा भने आनन्द, खुशी र शान्ति छाउनेछ । आफन्तजनबाट नसोचेका समाचार वा पुरस्कार पाउन सकिने सम्भावना रहेको छ ।

तुला. तपाईंको आजको दिन ठिकै रहेको छ । गरेका काममा सफलता प्राप्ति हुन्छ । मनमा स्थिरता महशुस हुनेछ । साथिभाइको सहयोगले काम बन्नेछ । व्यवसायिक कामले सफलता दिनेछ भने अध्ययनमा मन जानेछ ।

वृश्चिक.तपाईंको आजको दिन सुखमय तवरबाट नै बित्ने देखिन्छ । सोचेका कार्यहरु र अड्केका कामहरु सहजै पुरा गर्न सक्ने योग रहेको छ । बोलिको प्रभाव रहेको छ । मनमा सोचेर बोल्नुभयो भने जस्तोसुकै काम पनि सहजै सम्पन्न गर्नुहुनेछ ।

धनु. तपाईंको आजको दिन राम्रो देखिदैन । चोरीको आरोप लाग्न सक्ने हँुदा अति सचेत हुनुपर्ने देखिन्छ । खर्चको मात्रा बढेर जाँदा मानसिक चिन्ताले सताउनेछ । आफन्तबाटै धोका र असन्तुष्टिबाछ तिरस्कृत हुनुपर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

मकर. आर्थिक क्षेत्र राम्रो देखिन्छ । नयाँ व्यवसायमा मन जानेछ । साथीभाइको सहयोगले अर्थ तथा लक्ष्मीप्राप्तिको सम्भावना पनि उत्तिकै रहेको छ । सोचेका काम सहजै पूरा गर्न सक्ने देखिन्छ भने स्वास्थ्यले राम्रै साथ दिनेछ ।

कुम्भ. तपाईंको आजको दिन मध्यम रहेको छ । आलस्यतापूर्वक नै दिन बित्नेछ । जस भन्दा पनि अपजसले मन नैराश्यतार्फ धकेलिनेछ । आफन्त तथा साथिभाइबाट धोकाको सम्भावना रहेको छ । आफ्नो मानप्रतिष्ठाप्रति अरुले धावा बोल्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

मीन. तपाईंको आजको दिन सुखद रहेको छ । सोचेका काममा सफलता प्राप्ति हुनेछ । मन प्रसन्नताका साथ दिन व्यतित हुनेछ । आर्थिक कारोबारमा व्यवसायिक सफलताका प्राप्ति हुनेछ भने अध्ययनमा मन जाने देखिन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button