निर्वाचनमा धाँधली भएको भन्दै म्यानमार सेनाद्वारा सत्ता कब्जा

पोखरा न्यूज । म्यानमारको सेनाले त्यहाँको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुकी र राष्ट्रपति वीन मिन्टसहित प्रदेश प्रमुखलाई नियन्त्रणमा लिई सत्ता आफ्नो कब्जामा लिएको छ ।

निर्वाचन परिणमा अस्वीकार गर्दै त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिएको म्यनमारका संचार माध्यमले जनाएका छन् । साथै त्यहाँको सेनाले एक वर्षको लागि संकटकालसमेत घोषणा गरेको छ । गत नोभेम्भरमा सम्पन्न निर्वाचतनमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले वहुमत प्राप्त गरेको थियो तर त्यहाँको सेनाले निर्वाचन धाँधली भएको भन्दै आएको छ ।

म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मीन आङ हलिङ्गले हातमा लिएका छन् । त्यहाँको सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ । बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका प्रमुख शहरमा सैनिक तैनाथी गरिएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button