पोखराका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

पोखरा न्यूज । पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिले पोखरा-३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देबघाटधाम तीर्थयात्रा गराएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाको दोस्रो वर्षका अवसरमा बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिनुभयो । यस अघि संस्था स्थापनाको पहिलो वर्षमा संस्थाका तर्फबाट सोही बृद्धाश्रममा पुगी केक काट्नुका साथै ज्येष्ठ नागरिकलाई भोजन गराउँदै संस्थाका पदाधिकारीले पनि ज्येष्ठ नागरिकसँगै सहभोजन गरेका थिए ।

कोरोना महामारीका कारण समग्र यातायात क्षेत्रका साथै पर्यटक यातायात सेवा ठूलै मारमा परेको बताउँदै थापाले यसका बाबजुद पनि ज्येष्ठ नागरिकको इच्छा समेतलाई मध्यनजर गर्दै तीर्थयात्रा गराइएको जानकारी दिनुभयो । पर्यटकीय नगरी पोखराबाट सुविधासम्पन्न ७० वटा पर्यटक बसका साथै ४०० को सङ्ख्यामा सानो टाटा तथा मझौला बस दैनिक रुपमा सञ्चालन भैरहेको उहाँको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button