पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । कास्कीको पोखरा महानगरपालिकामा १९ जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा सोमबार दिउसोसम्म १५ हजार ५३६ जनामा कोरोना संक्रमण पहिचान भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखरा महानगरपालिकाको वडा नं २ का १ जना महिला, वडा नं ८ का ४ जना महिला, वडा नं १० का १ जना पुरुष, वडा नं १२ का १ जना महिला र १ जना पुरुष, वडा नं १४ का २ जना पुरुष, वडा नं १५ का १ जना महिला, वडा नं १६ का १ जना पुरुष, वडा नं १७ का १ जना पुरुष, वडा नं १९ का १ जना पुरुष, वडा नं २६ का १ जना पुरुष, वडा नं २७ का ३ जना पुरुष र वडा नं ३१ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु मध्ये १९ जना लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरमा गरिएको परिक्षणबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button