अर्मला कोटका महिलालाई कानूनी सचेतना

पोखरा न्यूज । पोखराको अर्मलाकोटमा महिलालाई लक्षित गरी दुई दिने कानूनी सचेतना एवं अभिमुखीकरण दिइएको छ ।

पोखरा महानगरपालिका वडा कार्यालय १६ द्वारा आयोजित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिकामी उप-प्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको हो । “२१ औं शताब्दिमा महिलाहरु कानुनी ज्ञानको प्रयाप्त सचेतनाले मात्रै आफ्नो क्षमतालाई प्रदर्शन गर्न सक्छन ।”

महानगरका कानुन अधिकृत राममणि अधिकारीले कानुन सम्वन्धी प्रशिक्षण दिंदै अबका महिलाहरु चुल्हो र चौकोबाट माथी उठेर समाज विकासका लागि अघि वढ्नु पर्ने औंल्याउनुभयो । स्थानीय समाजसेवी तेज गुरुङले घरको एक जना आमा शिक्षित भएमा मात्र सम्पूर्ण परिवार र समाज परिवर्तनको बाटो तर्फ लम्कने सहयोग पुग्ने बताउनुभयो ।

पोखरा महानगर पालिका वडा नं १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गुमादेवी गौतम, वडा सदस्यद्वय राजेश गुरुङ र विष्णु नेपालीलेसमेत आ-आफ्ना धारणा राखेका थिए । साथै अर्मलामा होम स्टे सञ्चालन गर्ने ३० जना महिलालाई तीन दिने कुक तालिमसमेत प्रदान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button