गण्डकी प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । कास्कीको पोखरा महानगरपालिकामा ३२ जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ४८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दिउसोसम्म बाग्लुङका ७ जना, तनहुँका ४ जना, म्याग्दीका ३ जना, लमजुङका १ जना, पर्वतका १ जनामा कोरोना संक्रमण पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । प्रदेशमाा कोरोना संक्रमितको संख्या १५ हजार ५६५ पुगेको छ ।

पोखरा महानगरपालिकाको वडा नं २ का १ जना महिला, वडा नं ६ का १ जना पुरुष, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का ४ जना महिला, वडा नं १० का २ जना महिला र ३ जना पुरुष, वडा नं १२ का १ जना महिला र १ जना पुरुष, वडा नं १४ का १ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी वडा नं १५ का १ जना महिला, वडा नं १६ का १ जना पुरुष, वडा नं १७ का २ जना पुरुष, वडा नं १८ का १ जना पुरुष, वडा नं १९ का १ जना पुरुष, वडा नं २१ का १ जना पुरुष, वडा नं २६ का १ जना पुरुष, वडा नं २७ का ३ जना पुरुष, वडा नं ३० का २ जना पुरुष, वडा नं ३१ का १ जना र वडा नं ३२ का १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँ जिल्लाको व्यास नगरपालिकाको वडा पनं १ का १ जना महिला, भानु नगरपालिकाको वडा नं १ का १ जना पुरुष, वडा नं ११ का १ जना पुरुष, शुक्लागण्डकी नगरपालिकाको वडा न ६ का १ जना महिला, पवर्त जिल्लाको जलजला गाँउपालिकाको वडा नं ३ का १ जना महिला, बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाको वडा नं ३ का ४ जना पुरुष, तमानखोला गाँउपालिका वडा नं १ का १ जना पुरुष, जैमिनी गाँउपालिका वडा नं ७ का १ जना पुरुष, गलकोट नगरपालिका वडा नं ९ का १ जना पुरुष, म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं १ का १ जना पुरुष, वडा नं ७ का १ जना महिला, वडा नं ९ का १ जना पुरुष र लमजुङ जिल्लाको बेशीसहर नगरपालिकाको वडा नं १ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु मध्ये २९ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको बताइएको छ । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको थियो । १९ जना लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरमा गरिएको परिक्षणबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button