फुटबलमा वालिङको शुरुवाती अग्रता

पोखरा न्यूज संवाददाता । राजधानीमा जारी महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जाले चन्द्रपुर नगपालिकामाथि ३-० को सहज जीत निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा वालिङलाई जीत दिलाउन विदेशी खेलाडी गोल गरे । खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी टोउटा ओर्नेलाले फ्रिकीकबाट गोल गर्दै वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफ सकिने अन्तिम मिनेटमा खेलको ४५ औं मिनेटमा क्यामरुनकै मेथो रुथले गोल गर्दा वालिङले पहिलो हाफमा २-० को अग्रता पाएको थियो । ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३-० को अग्रता दिलाइन् । त्यसपछि चन्द्रपुरले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र वालिङले सहज जीत निकाल्न सक्यो ।

मंगलबारको जीतसँगै वालिङले जारी लिगमा दोस्रो जीत निकालेको छ । जीतसंगै वालिङले ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै पराजित चन्द्रपुरले ६ खेलमा ३ अंकमात्र जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

महिला लिगमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेल चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली एपिएफ तथा दिनको दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपलिका मोरङबीच प्रतिस्पर्धा हुनेछ । बुधबारका खेल सँगै महिला लिगको संस्करण सकिनेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button