कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि वढाउछौ-मन्त्री अर्याल

पोखरा न्यूज संवाददाता । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मंगलबार नेपाल चेम्बर अफ कर्मर्सको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको हो ।

सरकारले कृषिको व्यवसायीकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानुन निर्माण गरेको उहाँको भनाई छ ।

सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको उहाँले बताउनुभयो । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानलाई उत्साहित बनाउन कृषि फर्महरुको सुरुवात भएको उहाँको भनाई छ ।

मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफु भुमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिनुभयो । उहाँले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा नीजि क्षेत्रसँग पनि सहकार्य गरिने बताउनुभयो ।

मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखी उत्पादन गरेर मात्रै नहुने भन्दै व्यवसायिक उत्पादनका निम्ति कहाँको जमीनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउनसक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो हप्ता उदघाटन हुनेपनि बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button