आजको राशिफल : २०७७ साल माघ २१ गते, बुधबार

आज मितिः २०७७-माघ-२१, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको ३, २०२१, माघकृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः षष्ठी घ.प.:२२ः५८(२०ः१५), नक्षत्रः चित्रा(४०ः३१), योगः शुलम्, करणः भद्रा, आनन्दादी योग : काल

चन्द्रमाः कन्या, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५२

सूर्यास्तः १७ः४५

आजको राशिफलः

मेष. तपाईंको आजको दिन तपाईको पक्षमा रहेको देखिदैन । आफन्त तथा साथिभाइले साथ नदिदा झैझडाको सम्भावना बढेको देखिन्छ । आज तपाईंले धेरै ठाउँमा सतर्कता अपनउनुपर्ने हुन्छ । खर्च बढेर जाने योग रहेको छ । आज तपार्इंलाई मानसिक चिन्ताले सताउनेछ ।

वृष. तपाईंको आजको दिन राम्रो रहेको छ । बोलिको प्रभाव बढेर जानेछ । सुमधुर यात्राको सम्भावना पनि रहेको छ । गरेका कामहरु सहजै पूरा गर्न सक्ने योग रहेको छ । आर्थिक कारोबारहरु बढेर जाने देखिन्छ । समग्रमा आजको दिन सुखपूर्वक बित्ने देखिन्छ ।

मिथुन. धार्मिक कार्यमा मन जानेछ । सन्तानको साथले सबै कामकारबाही सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । अरुको मन जित्ने योग रहेको छ । धनार्जको बाटो खुलेकाले थोरै बिचार गर्नुभयो भने अवसरहरु प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ ।

कर्कट. तपाईंको आजको दिनले तपाइलाई साथ दिने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । नयाँ–नयाँ कामहरुको शुरुवात हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । थोरै परिश्रम र बिचार गरेर काम गर्नुभयो भने जस्तोसुकै कठिन अवस्थालाई पनि सहज पार गर्नुहुनेछ ।

सिंह. तपाईंले आज धोका मात्र पाउने योग रहेको छ । विवादास्पद काममा हात हाल्न पुग्दा समस्या देखिनेछ । चिन्ता बढ्ने भएकाले सतर्कता र सोच विवेक अपनाउनुपर्ने देखिन्छ । यात्राको अवसर प्राप्त भएपनि खर्च ज्यादा हुने देखिन्छ ।

कन्या. तपाईंको आजको दिन उत्कृष्ट रहेको छ । मान–सम्मान प्राप्त गर्नुका साथै मिष्ठान्न भोजनको योग रहेको छ । अर्थोपार्जनको मार्ग खुलेको छ । गरेका र आँटेका काम सबै सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।

तुला. जागिरमा सफलता मिल्दा पदोन्नतिको सम्भावना पनि उत्तिकै रहेको छ । नाम र दाम कमाउने योग रहेको छ । अध्ययनमा रुचि जानेछ । आजको दिन तपार्इंको लागि खुलेको छ । आफन्त र इष्टमित्रको सहयोग पाउनुहुनेछ ।

वृश्चिक. राम्रा समाचार सुन्न पाइनेछ । गतिशीलताका साथ गरिएको कार्यले पूर्णता पाउनेछ । मनले इच्छाएका कुराहरु पुग्ने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । साथीभाइको सहयोग मिल्नेछ । धर्म-कर्ममा मन जानेछ ।

धनु. मानसिक चिन्ताले सताउनेछ । मन द्विविधामा जाँदा गरेका कार्यहरु सफल नहुन पनि सक्छ । अध्ययनमा सोचेजस्तो प्रगति नहुने देखिन्छ । आत्मबल कमजोर हुने समय भएकाले थोरै भए पनि आँट बढाउनुपर्ने देखिन्छ ।

मकर. जीवनशैलीमा सुधार आउने देखिन्छ । चिताएको कामकारबाही सहजै पूरा हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । एकत्रित कार्यले सफलता मिल्ने देखिन्छ । व्यापारबाट राम्रो अर्थोपार्जन हुने योग रहेको छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । कृषिकार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ-नयाँ श्रोतहरु खुलेका छन् । अध्ययनमा मन जानेछ ।

मीन. चिन्ता बढ्नेछ । खर्चको मात्रा बढ्ने समय भएकाले बिचार पु¥याउनुहोला । दुर्घटनाको समय रहेको छ । मानसिक दोधार बढ्ने भएकाले काम गर्दा सचेत अपनाउनुपर्नेछ । अरु व्यक्तिले नगरिएको कामकारबाहीमा फसाउन सक्नेछन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button