स्कूलको छतबाट खसेर विद्यार्थी गम्भीर घाइते

पोखरा न्यूज । बागलुङमा एक विद्यार्थी ट्यूसन पढ्ने क्रममा बुधबार छतबाट खसेर गम्भीर घाइते भएका छन् ।

तमानखोला गाउँपालिका-३ स्थित धन गौ ज्योति माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय ताराबहादुर बुढा सोही विद्यालयमा ट्यूसन पढ्ने क्रममा छतबाट लडी घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घाइते विद्यार्थी बुढाको प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पढाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button