नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा शुक्रबार थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ७ सय ९९ जनाको पीसीआर गरिएकोमा ५७ जना पुरुष र ४८ जना महिला गरी जम्मा १ सय ५ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ७२ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button