स्याङ्जामा अबैध हतियारसहित युवा पक्राउ

पोखरा न्यूज । स्याङ्जामा सोमबार दिउँसो अबैध भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् ।

हरिनास गाउँपालिका-३ बलाम्दी निवासी ४० वर्षीय तुलबहादुर रानालाई अबैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । रानाको घरको कोठाबाट एक थान भरुवा बन्दुक, बारुद, सीसाका छर्रा ३१ थान, एक राउण्ड गोली र बन्दुकमा प्रयोग हुने चापघोडा २ थान बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।नियन्त्रणमा रहेका तुलबहादुर  रानालाई कानूनी कारवाहीको प्रक्रिया शुरु गरिएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button