आजको राशिफल : २०७७ फागुन २ गते, आइतबार

वीरेन्द्र सापकोटा : आज मितिः २०७७-फाल्गुन-२, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको १४, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः तृतीया घ.प.:४७ः२६(२५ः४२), नक्षत्रः पू.भा. (२४ः३९), योगः सिद्ध, करणः तैत्तिल, आनन्दादी योग : चर

चन्द्रमाः कुम्भ, सूर्यः कुम्भ, अयनः उत्तरायण

सूर्योदयः ६ः४४

सूर्यास्तः १७ः५३

आजको राशिफलः

मेष. तपाईंले आँट्नुभएका कार्य सम्पन्न र सफल बनाउन साथीभाइ र आफन्तले पूर्ण सहयोग गर्नेछन् । धार्मिक कार्यमा मन जाँदा नयाँ–नयाँ व्यवसायको अफर समेत आउनेछ । मन प्रसन्न हुनेछ । स्वास्थ्य तपाईको पक्षमा रहेको छ भने अध्ययनमा मन जानेछ ।

वृष. कष्टपूर्वक दिन व्यतित हुनेछ । आफन्तबाट अकस्मात धोकाको खबर पाउदा मनमा चोट पर्नेछ । खर्च र यात्रामा दुःखको झन्झट अनि खर्चको माध्यम बढेर जाँदा समस्या आउने छ । सावधानी अपनाउनुहोला । दुर्घटनाको समय देखिएको छ ।

मिथुन. मानसम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको शुभारम्भ हुनेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्ल हुनेछ । समग्रमा तपाईका लागि आजको दिनमा सन्तोष प्राप्त हुनेछ ।

कर्कट. आजको दिन सतर्कपूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै उत्तम हुनेछ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ । अनावश्यक कुराले मन बिथोलिनेछ ।

सिंह. तपाईको लागि आजको दिन ठिकै रहेको छ । आफन्तको सहयोग मिल्नेछ भने नयाँ–नयाँ मित्रताको सुअवसर आउने छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ भने मन खुशी रहनेछ । स्वास्थ्यमा सुधार आउँदा अध्ययनमा मन जाने देखिन्छ ।

कन्या. तपाईको आजको दिन त्यति राम्रो मान्न सकिदैन । आफन्तसँग झैझगडाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनुपर्ने हुन्छ । नयाँ कामकारबाही नगर्दा नै राम्रो हुनेछ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने हुदा बोलीमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

तुला. तपाईका लागि आजको दिनमा रोजगारीको अवसर प्राप्त हुने देखिन्छ । मिष्ठान्न भोजनको सुयोग रहेको छ । व्यापार व्यवसायबाट राम्रो सफलता प्राप्ति हुने देखिन्छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्य तपाइको पक्षमा रहेको छ ।

वृश्चिक. तपाईका लागि आजको दिनमा आत्मबल बढेर जानेछ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ भने घरपरिवारबाट राम्रो सहयोगको वातावरण मिल्नेछ ।

धनु. पारिवारिक स्थितिमा सुधार आउँदा तपाइको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । मान–सम्मान प्राप्त हुनेछ । रोजगारीको अवसरहरु सृजना हुनेछ । महत्वपूर्ण कार्यहरु सफलतापूर्वक बन्ने दिन रहेको छ । अध्ययनमा मन जानेछ ।

मकर. तपाईको लागि आजको दिन राम्रो मान्न सकिदैन । खानामा गडबढ हुने भएकाले स्वास्थ्यमा समस्या आउनेछ । समस्या मात्र सृजित हुने भएकाले अलि विवेक र होस पु¥याएर मात्र काम गर्नुपर्ने देखिन्छ । दुर्घटनाको समय भएकाले सावधानी अपनाउनुहोला ।

कुम्भ. तपाईका लागि आजको दिन मध्यम खालको रहेको छ । नयाँ–नयाँ कामका अवसरहरु प्राप्त भएतापनि बोलिकै कारण बिग्रन सक्नेछ । आलस्यताले सताउनेछ । गरेका काममा प्रारम्भ समयमा राम्रो भएतापनि उत्तरार्थ समयमा भने त्यति राम्रो परिणाम ननिस्किदा मनमा आँच आउन सक्नेछ ।

मीन.नसोचेको क्षेत्रबाट आर्थिक तथा व्यवसायिक उपलब्धि हुने देखिन्छ । गरेका कार्यबाट जस प्राप्ति हुनेछ । सबैतिरबाट वाहवाहीको प्रशंसा पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ । नयाँ यात्राको प्रबल सम्भावना रहेको देखिन्छ । मिष्ठान्न भोजनको योग रहेको छ । समग्रमा तपाईको दिन राम्रो रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button