नेपाली कौडा गीत ‘कान्छी’ सार्वजनिक (भिडियोसहित)

पोखरा न्यूज । ‘कान्छी’ बोलको नेपाली कौडा गीत हालै सार्वजनिक भएको छ । तेजेन्द्र गुरुङ र तारा श्रीस मगरको आवाजमा रहेको यो गीतको शब्द सिर्जना प्रेम गुरुङले गर्नुभएको छ ।

प्रेम गुरुङको प्रस्तुतिमा गीत तयार भएको हो । गीतमा कोरस आवाज पुनम गुरुङ र निता गुरुङले दिनुभएको छ । गीतमा संगीत आर के गुरुङले भर्नुभएको छ । तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको गीत रिमा रेर्कडिङ स्टुडियोमा रेर्कड भएको हो ।

कौडा गीतको भिडियो आर्कषक बनेको छ । ग्लोबल नेपाल इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको भिडियोमा आनन्द गुरुङ, अनुता गुरुङ, प्रेम गुरुङ, मणि कमल राई, मोहन कुमार खत्री, मिन गुरुङ, दिपेन गुरुङ, अभि राई, निता गुरुङ, पूर्णिमा गुरुङ, आश्रम गुरुङ आदि कलाकारलाई देख्न सकिन्छ ।

भिडियोको निर्देशन भुपेन्द्र गुरुङले गर्नुभएको हो । मुख्य सहायक निर्देशक चक्र पुलामी रहेको भिडियोको निर्माता ओमनाथ घिमिरे हुनुहुन्छ । भिडियोमा जिन्सन खत्रीले मेकअप आर्टिस्ट, मनांग गुरुङले कोरियोग्राफर, रबिन थापा मगरले क्यामराम्यान, नवीन बाबु गुरुङले ड्रोन फोटो तथा समिर मियाले भिएफएक्स कलरको जिम्मेवारी पुरा गर्नु भएको छ ।

भिडियोको सम्पादन गौतमराज खड्का र बन्दे प्रसादले गर्नुभएको हो । भिडियो ग्लोबल नेपाल इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button