अटो दुर्घटना हुदा चालकको मृत्यु

पोखरा न्यूज । इलाम जिल्लाकाे इलाम नगरपालिका-७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम-९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन ।

हिजो बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा सुन्दास गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button