गण्डकी प्रदेश सरकारले सार्वजनिक गर्यो तीन वर्षे उपलब्धि

पोखरा न्यूज संवाददाता । गण्डकी प्रदेश सरकारले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित तेस्रो वार्षिकोत्सब कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन वर्षमा प्रदेश सरकारले गरेको मुख्य उपलब्धि सार्वजनिक गर्नुभएको हो । गण्डकी प्रदेशले यो अवधिमा ४६ वटा ऐन र १० वटा नियमावली बनाको छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो-प्रदेशको कूल ग्रार्हस्थ उत्पादन आर्थिक वर्ष २०७५/०७६ मा ३ खर्ब ८ अर्ब ९१ करोड रहेकोमा आ.व.२०७६/०७७ मा ३ खर्ब२६ अर्ब ८७ करोड पुगेको छ ।

प्रदेशमा वित्तीय संस्थाको लगानी आर्थिक वर्ष २०७५/०७६ मा १६.८६ प्रतिशतले र आ.व. २०७६/०७७ मा १९.८७ प्रतिशतले बृद्धि भएको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । यस अबधिमा प्रदेशभित्र कालोपत्रे सडक १ सय ३७ किलोमिटर र ग्राभेल डिक २ सय ९२ किलोमिटर निर्माण सम्पन्न भएको जानकारी सो अवसरमा दिइएको छ । त्यस्तै झोलुङ्गे पुल १० वटा निर्माण, एक घर एक धारा कार्यक्रम अन्तरगत २ सय ४३ खानेपानी आयोजना निर्माण सम्पन्न भई ५५ हजार ६० निजी धारा जडान गरिएको र १ सय २६ आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी मुख्यमन्त्री गुरुङले दिनुभयो ।

विद्युतका काठेपोल प्रतिस्थापन गर्ने नीति अनुरुप हालसम्म २९ हजार ८ सय ११ काठेपोल स्टिलपोलद्वारा प्रतिस्थापना गरिएको, १५ स्थानमा एक हजार ९ सय २९ रोपनी खेतीयोग्य भूमिको चाक्लाबन्दी, प्राथामिकता प्राप्त बाली तथा वस्तुहरुका १ हजार ४ सय ८९ मोडल फार्म प्रवर्धन गरिएको र ८५ स्थानीय तहका ८७ गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम संचालन गरी ८ हजार पाँच सय कृषक घरपरिवारलाई सहयोग गरिएको जानकारी मुख्यमन्त्री गुरुङले दिनुभयो ।

सहलगानीमा २ कोल्ड स्टोर, ४५ कोल्ड रुमको निर्माण, ८ पशुपंछी बजार, कुखुरा ह्याचरी तथा ब्रिडिङ केन्द्र, ३ बधशाला, ३१ द्युग्ध चिस्यान केन्द्र, ३४ कृषि बजार केन्द्र, २ टिस्युकल्चर ल्याव, २ प्रिसिजन फार्म र ८ प्रशोधन केन्द्रको निर्माण र ५३ प्रेस हाउस सुदृढीकरण गरिनुको साथै ३ हजार नौ सय ५२ सामुदायिक वन, १ हजार १ सय १९ कबुलियती व, १ साझेदारी वन, ३४ धार्मिक वन र १ चक्ला वनका कार्ययोजना मार्फत ८ लाख ६१ हजार हेक्टर वन क्षेत्रको संरक्षणण भएको सो अवसरमा अवगत गराइएको थियो ।

३ सय ८ घरबास प्रवर्धन, प्रदेशमा नयाँ ११ हजार ५ सय ४७ साना तथा घरेलु उद्योग स्थापना, एक स्थानीय तह , एक उद्योगग्राम अन्तरगत सम्भाव्य देखिएका ५१ स्थानीइ तह मध्ये छनौट भएका २० उद्योगग्राम स्थापनाकार्य अगाडि वढाइएको पनि मुख्यमन्त्री गुरुङले सुनाउनुभयो ।

सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशको प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारले लोकप्रियता हासिल गर्न स्थानीय तहको जगलाई बिर्सन नहुने बताउनुभयो । प्रदेश सरकारले ल्याएको योजनाहरु प्रभावकारी र गरीबमुखी हुनुपर्नेमा प्रदेश प्रमुखकको जोड थियो । सुशासनको लागि त्यति नै ध्यान दिन जरुरी छ, उहाँले भन्नुभयो– प्रदेशमा रहेका खनिजहरुको उत्खनन् गर्न प्रदेश सरकार लागि पर्नेपर्नेमा उहाँको जोड थियो ।

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा उल्लेख गरिएको आधारभूत आवश्यकता हामीले जनतामाझ पुर्याउन सकेनौ भने सरकार चुक्ने हुँदा जनता केन्द्रित भएर काम गर्न सुझाव दिनुभयो।

सो अवसरमा उच्च अदालत पोखराका मुख्यन्यायाधीश रमेश पोखरेलले गण्डकी प्रदेश सुन्दर मात्र छैन, यहाँको विकासमा सरकारले त्यति नै ध्यान दिन जरुरी छ । अदालत र न्यायाधीशहरु सधै कानून कार्यान्वयनको पक्षमा रहने बताउनुभयो । कानून पालना गराउने दाहित्व न्यायालयको हो, वर्तमान राजनीतिक परिस्थितिको टुंङ्गो पनि कानून अनुसार नै निर्णय हुने अपेक्षा उहकाँको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली) ले प्रदेश सरकारले तीन वर्षे अवधिमा गरेका काम कार्यान्वयन पक्ष फितलो भएको आरोप लगाउनुभयो । नेकपाले दुई तिहाइृको हाराहारीमा सिट संख्या ल्यायो, आम जनताको सुख, शान्ति, स्थिरता, समृद्धिको आशामाथि नै तुसारापात लगाउने काम भयो, अहिले पार्टी फूटेर मुठभेडको अवस्था सृजना भएको छ, नेपालीले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारका मुख्यसचिव विष्णुप्रसाद नेपालले प्रदेश सरकारले यस क्षेत्रका जनताको आवश्यकता बुझेर आफ्ना कामकारवाही अगाडि वढाउने बताउनुभयो । सो अवसरमा प्रदेशका ११ वटै जिल्लामा राम्रा काम गर्ने कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button