श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पाेखरा न्यूज। झापा जिल्लाकाे भद्रपुर नगरपालिका-७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

हिजो दिउसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउ विच झै-झगडा हुदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएकोमा उनको आज विहानको राती २ बजे मृत्यु भएको भनि आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई साहेबा उराउलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button