आजको राशिफल : २०७७ फागुन ५ गते, बुधबार

वीरेन्द्र सापकोटा : आज मितिः २०७७-फाल्गुन-५, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको १७, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः षष्ठी अहोरात्र, नक्षत्रः अश्विनी (४१ः४), योगः शुक्ल, करणः कौलव, आनन्दादी योग : मृत्यु

चन्द्रमाः मेष, सूर्यः कुम्भ, अयनः उत्तरायण

सूर्योदयः ६ः४२

सूर्यास्तः १७ः५५

आजको राशिफलः

मेष. तपाईंको आजको दिन राम्रो रहेको छ । मान-सम्मान र पदप्रतिष्ठा वृद्धिको समय रहेको छ । तपाईंले आँटेका कामहरु सोचेर गर्नुभयो भने पूर्ण हुनेछ भने स्वास्थ्य पनि तपाईंको पक्षमा रहेको छ । आज तपाईले नसोचेको सफलता हात लाग्नेछ ।

वृष. सोच विचार गरेर काम गरेको खण्डमा तपाईले गरेको कामले सफलता प्राप्ति गर्ने समय रहेको छ । सबैको साथ र सहयोग प्राप्त गर्नुहुनेछ भने यात्राको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नेछ । समग्रमा तपाईले आजको दिन यादगर तवरले बिताउनुहुनेछ ।

मिथुन. तपाईंको आजको दिन राम्रो रहेको छ । आजको दिन सफलता प्राप्तिका साथै आनन्दले गरेका कामले पूर्णता पाउने देखिन्छ । श्रीमान-श्रीमतीबिचको प्रेमालाप बढेर जानेछ भने आजको बसाई समग्रमा सुखद हुनेछ ।

कर्कट. धन नाशको समय भएकाले सुरुमै सावधानी अपनाउनुपर्ने समय देखिएको छ । नयाँ व्यवसायको शुरुवात नगर्दा नै राम्रो हुनेछ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ । आफन्तबाट धोका मिल्नेछ ।

सिंह. तपाईंको आजको दिन राम्रो रहेको छ । आजको काममा मन जानेछ पुराना साथीभाइसँग भेटघाटको अवसर जुट्नेछ । आर्थिक कारोबारमा सफलता प्राप्ति हुँदा मन प्रसन्नताका साथ दिन व्यतित हुनेछ ।

कन्या. तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । आजको दिनमा कष्ट तथा दुःख आउनेछ । अनावश्यक क्रोधले गर्दा काम समेत बिग्रनेछ । इष्टमित्रको साथ नपाउँदा मन दोधारको अवस्थामा सृजित हुनेछ ।

तुला. तपाईंको आजको दिन राम्रो हुँदा पहिला उठ्न बाँकी आर्थिक कारोबारमा सफलता मिल्नेछ । सबैबाट मित्रताको भावना जागृत हुने अवसर मिल्नेछ । आज नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।

वृश्चिक. तपाईंको आजको दिन राम्रो छैन । आँटेका काममा बिग्रनेछ भने आफन्तको सहयोग पनि पाइनेछैन । आर्थिक कारोबारमा होसियारी नपुर्याए अरुले डुबाइदिने सम्भावना पनि उत्तिकै रहेको छ ।

धनु. तपाईंको लागि आजको दिन राम्रो रहेको छ । यात्राका अवसर आउँदा मानसम्मान प्राप्ति हुनेछ । आर्थिक तथा व्यवसायिक क्षेत्र सबल हुँदा आजको दिनमा तपाईंले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

मकर. व्यापार व्यवसायबाट आम्दानीको सम्भावना बढेको छ । शिक्षाको क्षेत्रमा सफलता प्राप्ति हुदा स्वास्थ्यले पनि साथ दिनेछ । रोजगारका अवसरहरु आउनेछन् । सबैको सहयोगले तपाईंको हौशाला बढ्ने देखिन्छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको शुरुवात गर्ने योग रहेको छ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद-प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरु खुलेका छन् । स्वास्थ्यमा सुधार हुनेछ । समग्रमा तपाईंको लागि आजको दिन उत्तम रहेको छ ।

मीन. आज तपाईंको दिन त्यति राम्रो मान्न सकिदैन । वाहन तथा साधनबाट धोका मिल्नेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मनमा अनावश्यक सोचाइ आउनेछ । चञ्चलताले सताउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button