गण्डकी प्रदेश प्रमुखसँग बेपत्ता आयोगका अध्यक्षको शिष्टाचार भेट

पोखारन न्यूज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसँग बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले शिष्टाचार भेट गर्नुभएको छ ।

मंगलबार भएको शिष्टाचार भेटका क्रममा आयोगका अध्यक्ष सुवेदीले बेपत्ता छानविनका सम्बन्धमा आयोगले गरेका कामका बारेमा प्रदेश प्रमुख शेरचनसमक्ष ब्रिफिङ गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष सुवेदीले विगतमा द्वन्द्वरत पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको छानविन र पीडितका बारेमा नीतिगत रुपमा सम्बोधन हुनुपर्ने धारणा राख्नुभएको थियो ।

त्यस्तै, प्रदेश प्रमुख शेरचनले आयोगले गरेका कामबारे आफू सन्तुष्ट भएको र बेपत्ता छानविनमा आयोगलाई अझै सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button