खुलामंच भित्र बनाइएका संरचना हटाउँदै

पोखरा न्यूज । काठमाडौँ महानगरपालिकाले खुलामंच भित्र बनाइएका संरचना हटाउन थालेको छ ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन । काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

आज बिहानबाट (बुधबार) महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहनु भएका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिन भित्र खुलामञ्च खाली गरिने बताउनु भयो। खुलामञ्च भित्र अहिले वीर अस्पताल बनाईरहेको चिनिया निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button