टेलिकमले शुरु गर्यो ‘एनटी च्याटबोट’ सेवा

पोखरा न्यूज । नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ ।

टेलिकमका सह-प्रवक्ता एवं उप-प्रवन्धक रंजित लोहियाले टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरिएको बताउनुभयो ।

कम्पनीको वेबसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्ने र त्यहिंबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिने पनि सह-प्रवक्ता लोहियाले बताउनुभयो । च्याटबोटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिनेछ । कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।

एनटी च्याटबोटको माध्यमबाट विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत÷गुनासो गर्न समेत सकिने व्यवस्था समेत गरिएको छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था समेत टेलिकमले गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button