खोपले काम गरेन, भटाभट मरे कुखुरा

पोखरा न्यूज । पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उहाँहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ ।

आइतबार र सोमबारमा एक हजार २०० कुखुरा मरेको इलामका पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिनुभयो । एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको उहाँको भनाइ छ । “आइतबार र सोमबारमा सबै कुखुरा म¥यो, आज हेर्दा अब १५ वटा जति च्याउच्याउ गर्दै पल्टिरहेको छ”, उहाँले भन्नुभयो, “मरेका कुखुरा पुरेका पनि छैनाँै, एक्लैले पुर्न सम्भव भएन अब मान्छे खोजेर पुर्नुपर्ला ।”

पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष दिनेश महतले २५० लोकल र १०० कडकनाथ जातको कुखुरा मरेको जानकारी दिनुभयो । उहाँले रु तीन लाख ८० हजारभन्दा बढी क्षति भएको बताउनुभयो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको जनाएको छ । किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिएका छन् । “मैले कुखुरामा रानी खेतको खोप लगाएको थिएँ, तर पनि सबै कुखुरा म¥यो”, उहाँले भन्नुभयो, “खोप लगाउँदा पनि काम लागेन ।”

सात दिन अघिदेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेको कुखुरा मरेको पशु प्राविधिक प्रकाश लुइँटेलले जानकारी दिनुभयो । “झोक्राउने, हरियो सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्”, उहाँले भन्नुभयो, “कुखुरा बिरामी पर्न थालेको दुई÷तीन दिनमा फार्म नै रित्तिन थालेको छ ।”

कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमूना सङ्कलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा सञ्जय ढुङ्गनाले जानकारीदिनुभयोे । “कतिपय किसानले रानीखेतको खोप नै लगाउँदैनन्, कसैले खोप लगाउने कसैले खोप नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “ खोप लगाउँदासम्म तापक्रम मिलाइएन भने त्यसको प्रभावकारिता नहुनसक्छ ।”

कुखुरा फार्ममा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकैपटक भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने उहाँ बताउनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button