पोखरामा शुरु टी-ट्वान्टी क्रिकेट लिगमा चितवनको विजयी शुरुवात

पोखरा न्यूज । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मूख्य प्रायोजनमा सोमबारदेखि पोखरामा सुपर जेनरल इन्टर क्लब टी-ट्वान्टी क्रिकेट लिग-२०२१ शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा चितवन क्रिकेट क्लब विजयी भयो । चितवनले स्याङ्जा क्रिकेट क्लबमाथि ६६ रनको फराकिलो जीत निकालेको हो ।पहिला व्याटिङ गरेको चितवनले १५४ रनको योगफल तयार पारेको थियो । चितवनको तर्फबाट राजेश ढकालले ८ चौका प्रहार गर्दै ४४ रनको महत्वपूर्ण पारी खेले भने रोवीन शर्माले ३१ रन जोड्दै उनलाई राम्रो साथ दिए । स्याङ्जा बलरहरु विष्णु पाण्डेले ४ तथा अशोक श्रेष्ठ, सुरज गुरुङ्ग र दिपेश क्षतिले समान एक–एक विकेट लिए ।

जीतका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको स्याङ्जा १५.२ ओभरमा ८८ रनमै अलआउट भयो । स्याङ्जाको तर्फबाट विक्रम थापा र सौजन्य रेग्मी दुवैजनाले २४÷२४ रनको योगफल तयार पारको थिए । चितवनको बलिङ्गतर्फ दिपेश श्रेष्ठ र कृतन गुरुङ्गले ३÷३ विकेट लिए भने संघर्ष पौडेल र अनुज चन्द्रले पनि २÷२ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा चितवनका राजेश ढकाल विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच हुन सफल भए ।

यसअघि नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतमले बलिङ तथा प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अलिले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका गर्नुभएको थियो । त्यस्तै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अफिसियल दिलीप अग्रहरीलाई म्याच बल प्रदान गरेका थिए । आयोजक के.एन. स्पोर्टसका सञ्चालकसमेत रहेका प्रतियोगिता संयोजक कमल थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्रिकेट खेलाडी प्रवीण ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button