बालबालिकाको संरक्षणमा सबैको सहयोग आवश्यक-मन्त्री महतो

पोखरा न्यूज । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले पोखरास्थित बालहितकारी परियोजना नेपालको अनुगमन तथा कार्यक्रमका बारेमा बुझ्नु भएको छ ।

सडक बालबालिकाको अवस्था बुझ्दै मन्त्री महतोले संस्थाका तर्फबाट गरिएका कार्यक्रमहरुको विस्तृत रुपमा जानकारी लिनुको साथै आगामी दिनमा पनि बालबालिकाहरुको संरक्षण, उद्दार र पूर्नस्थापनाका कार्यमा सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गनुभयो ।

राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल र महिला,बालबालिका तथा ज्येष्ठ नागरिकका बालबिकास शाखा उपसचिव शान्ति राज प्रसाईले समेत बालबालिकाका क्षेत्रमा संस्थाले पुर्याएको योगदानका उच्च प्रशंसा गर्दै आगामी दिनमा श्रमिक बालबालिका तथा बालमैत्री स्थानीय निकायको कार्यमा परियोजनासँग सहकार्य गर्ने ईच्छा व्यक्त गर्नुभयो ।

संस्थाका कार्यक्रम निर्देशक ठाकुरप्रसाद चापागाँईंले संस्थाले विगत २३ वर्ष देखि गरेका कामहरु र हाल संस्थामा संचालित कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । संस्थाका अध्यक्ष गोविन्दराज पहारीले संघीय सरकारका मन्त्री लगाएत टिमले संस्था भ्रमण, अनुगमन गर्दै सडकमा आश्रित बालबालिकाहरुको उद्दार, संरक्षण र पूर्नस्थापनामा मन्त्रालय र बाल अधिकार परिषद्सँग सहकार्य गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button