गोरखामा मोटरसाइकल  ठक्कर खाँदा २ घाइते

पोखरा न्यूज । गोरखामा शनिबार बिहान दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  दुई जना घाइते भएका छन् ।

गोरखा नगरपालिका-९ दलभञ्याङ स्थित गोरखा आँबुखैरेनी सडक खण्डमा गोरखाबाट लक्ष्मीबजारतर्फ जाँदै गरेको प्रदेश-३-०२-०१३ प ३६१६ नं को मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ३३ प ८६६८ नं.को मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा दुई जना व्यक्ति घाइते भएका हुन् ।

घाइते हुनेमा प्रदेश-३-०२-०१३ प ३६१६ नं.को मोटरसाइकल चालक गोरखा नगरपालिका-८निवासी ३५ वर्षीय सुरेन्द्र जोशी र ना ३३ प ८६६८ नं.को मोटरसाइकल चालक गोरखा शहीद लखन गाउँपालिका-६ घैरुङ निवासी ३३ वर्षीय मनुराज थापा मगर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाइते जोशीलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button