प्रदेशस्तरीय एकल गायन प्रतियोगितामा २८ जना छानिए

पोखरा न्यूज । नयाँ प्रतिभाको खोजी गर्न गण्डकी प्रदेशस्तरीय सामुहिक लोकनृत्य तथा एकल गायन प्रतियोगिताको आयोजना गरिएको छ ।

सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय एकल गायन प्रतियोगिता अन्र्तगत दोस्रो चरणको अडिसनको लागि २८ जना प्रतियोगी छानिएका छन् । पोखरा तथा बागलुङमा भएका छुट्टाछुट्टै अडिसन मार्फत उनीहरु छानिएका हुन्् ।पोखरामा भएको अडिसनबाट गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, नवलपुर, लमजुङ, तनहुँ, गोर्खा, कास्कीबाट सहभागिता रहेको थियो । जसमध्येबाट १६ जना दोस्रो चरणका लागि छानिए ।

यसरी छानिनेमा कास्कीका दिपेश गुरुङ, रोहन कुँवर, नारायण गुरुङ, सरिता राई, संगीता गायक, उपेश थापा, बिजेश नेपाली, मनोज सेन्चुरी र टीना गुरुङ रहनुभएको छ । यसैगरी पर्वतका अमिस सुनार, म्याग्दीका राम घर्ती, बाग्लुङका निर्मल विक, जीवन विश्वकर्मा र पारस नेपाली, स्याङ्जाका योगेश गौतम, लमजुङकी संगीता गुरुङसमेत छानिए । पोखरामा भएको अडिसनमा कूल ४८ जनाले सहभागिता जनाएका थिए ।

उता बागलुङ जिल्लामा भएको अडिसनमा गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, गोर्खा आदि जिल्लाका गरी ३३ जना गायक गायिकको सहभागिता थियो ।बागलुङमा भएको अडिसनबाट पर्वतका अरुण सुनार, निरुता विश्वकर्मा र अस्मिता विक., बागलुङका अमन सुबेदी, समित परियार, हरिकला थापा, हेमबहादुर परियार, शान्त सुनार, सिम्रिका घिमिरे, कृति थापा क्षेत्री र कुसुम पुन मगर, कास्कीका हेमलाल विक. गरी कूल १२ जना दोस्रो चरणको लागि छनोट भए ।

अडिसनको निर्णायकमा संगीतकार नवराज बराल, गीतकार सुमन श्रापीत र गायिका लक्ष्मी गिरी रहनुभएको थियो । दोस्रो चरणको छनोट फागुन २९ गते पोखरामा रहेको न्यूरोड रोधी क्लबको सभाहलमा हुनेछ । पहिलो र दोस्रो चरणको अडिसनबाट छानिएका प्रतियोगी बीचको प्रतिस्पर्धाबाट उत्कृष्ट १० छनोट गरिने गायन प्रतियोगिता उपसमितिका संयोजक नवराज बरालले बताउनुभयो ।
सेमिफाइनल अडिसनमा प्रतियोगिहरुले एक लाइभ म्युजिक र अर्को म्युजिक ट्रयाकमा गरी दुई वटा गीतहरू गाउनुपर्ने संस्थाका महासचिव मनकुमार श्रेष्ठले जनाउनुभयो ।

प्रतियोगिताको फाइनल आगामी चैत्र ७ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटन पोखरामा भव्य कार्यक्रमका बीच गरिने प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले पोखरा न्यूजलाई जानकारी दिनुभयो । सोही कार्यक्रममा सामुहिक लोक नृत्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धासमेत गरिनेछ । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालले नयाँ प्रतिभाको खोजी गर्न गण्डकी प्रदेशस्तरीय सामुहिक लोकनृत्य तथा एकल गायन प्रतियोगिताको आयोजना गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button