दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका सबै विभागलाई पूर्णता

अनुशासन आयोग प्रमुखको जिम्मेवारी शंकर विरहीलाई

पोखरा न्यूज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराले अनुशासन आयोग गठन गरेको छ ।

गोरखामा सम्पन्न गण्डकी प्रदेश समिति पोखराको बैठकद्वारा प्रदेश अनुशासन आयोग गठन गरिएकोले आयोगको गठन पश्चात संस्थालाई अगाडि बढाउन तथा संस्थागत विकास गर्न सहजता हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखरा अध्यक्ष सुरेन्द्र गुरुङको विश्वास रहेको छ ।

अनुशासन आयोगको प्रमुखको जिम्मा गण्डकी प्रदश समिति पोखराको संस्थापक अध्यक्षसमेत रहनुभएका स्याङजाका शंकर विरही गुरुङ रहनुभएको छ । यसैगरी सदस्यमा म्याग्दीका राजेन्द्र सापकोटा, कास्कीका अम्मर धिताल, माया गिरी र पदम गुरुङ, बागलुङका कृष्ण अखेली, स्याङजाका अर्जुन गैह्रे र राममाया गुरुङ, तनहुँका अक्कल विरही गुरुङ रहनुभएको छ ।

यसैगरी गोरखामा सम्पन्न बैठकले प्रदेशको विभिन्न विभागलाईसमेत पूर्णता दिएको अध्यक्ष गुरुङले पोखरा न्यूजलाई जानकारी दिनुभयो । जस अनुसार अभिलेख विभागको प्रमुखको जिम्मा बागलुङकी सीता परियारलाई दिइएको छ । कास्कीका शिवहरि ढुंगाना उप-प्रमुख रहेको अभिलेख विभागमा कास्कीका लक्ष्मी सुवेदी र निर्मला सुवेदी तथा लमजुङका सवीन गुरुङ सदस्य हुनुहुन्छ ।

गोरखाका शिव केसीलाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । कास्कीका प्रेमराज अधिकारी उप–प्रमुख रहेको यो विभागको सदस्यमा म्याग्दीका अमित विश्वकर्मा, पर्वतका चित्रसागर श्रेष्ठ र स्याङजाका चिना थापा मगर रहनुभएको छ ।

नीति तथा प्रशिक्षण विभागको प्रमुखमा म्याग्दीका नकुल ढकाल चयन हुनुभएको छ । नवरपुरका हिरण थापा मगर उप–प्रमुख रहेको यो विभागको सदस्यमा लमजुङका राज गुरुङ, स्याङजाका बत्ति थापामगर र कास्कीका राजेन्द्र पोख्रेललाई जिम्मेवारी दिइएको छ ।
पर्वतका दीपक पोख्रेललाई खेलकुद विभागको जिम्मेवारी दिइएको छ । बागलुङका ईश्वर सिंह उप–प्रमुख रहेको यो विभागको सदस्यमा बागलुङका रेशम निर्दोष, स्याजाका सुरेश राना र पर्वतका डबिन गुरुङ हुनुहुन्छ ।

आर्थिक श्रोत परिचालन विभागको प्रमुखमा नवलपुरका जय नारायण लम्साल चयन हुनुभयो । स्याजाका प्रेम बस्याल उप–प्रमुख रहेको यो विभागको सदस्यमा कास्कीका रतिमाया खड्का र मनोहरी दाहाल तथा पर्वतका केशव घिमिरे रहनुभएको छ ।कास्कीकी निशा पोख्रेललाई सामाजिक सेवा विभागको प्रमुख तोकिएको छ । नवरपुरका विष्णु वाग्ले उप–प्रमुख रहेको विभागमा सदस्यमा पर्वतका मनोज नेपाली तथा कास्कीका शान्ता पोख्रेल र कृष्ण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

पूर्व पदाधिकारी सदस्य समन्वय विभागको प्रमुखमा बागलुङकी रेणु केसी चयन हुनुभयो । बागलुङकै सविता केसी उप–प्रमुख रहेको यो विभागको सदस्यमा कास्कीकी सरस्वती परियार, पर्वतका चन्द्र क्षेत्री र बागलुङका संजय पुन हुनुहुन्छ ।कास्कीका युवराज भण्डारीलाई प्रचारप्रसार विभागको प्रमुखमा छानिएको छ । कास्कीकै प्रदीप त्रिपाठी उप–प्रमुख रहनुभएको यो विभागको सदस्यमा पर्वतका सन्तोष बस्याल तथा कास्कीका पदम घिमिरे उदासी र मोतीलाल अधिकारी रहनुभएको छ ।

विदेश विभाग प्रमुखको जिम्मा कास्कीकी दीलु लामाले पाउनुभएको छ । स्याङजाका गोवीन गुरुङ उप–प्रमुख रहेको यो विभागको सदस्यमा कास्कीका गौरी गुरुङ, जसबहादुर गुरुङ र चन्द्रा कार्की चयन हुनुभएको छ ।गोरखाका होम गुरुङलाई संगीत विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । तनहुँका निश्चल थापा उप–प्रमुख रहेको यो विभागमा गोरखाका पूर्ण गुरुङ तथा स्याङजाका सूर्य गुरुङ र पप्पु थापा सदस्य हुनुहुन्छ ।

महिला विभागको प्रमुखमा तनहुँकी सरस्वती लामिछाने छानिनुभएको छ । यो विभागको उप–प्रमुखमा गोरखाकी अनिता पन्त तथा सदस्यमा कास्कीकी लक्ष्मी बाँनिया, स्याङजाकी काजल गुरुङ र म्याग्दीकी विनु कार्की चयन हुनुभयो ।तनहुँका विमल जिसीलाई स्वास्थ्य सेवा विभागको प्रमुख छानिएको छ । स्याङजाका मिलन सापकोटा उप–प्रमुख रहेको यो विभागको सदस्यमा गोरखाकी रमा राना तथा कास्कीकी लक्ष्मी अधिकारी र आयुश जंग कार्कीलाई जिम्मेवारी दिइएको छ ।

विभागलाई पूर्णता दिए पश्चात सबै साथीको सहयोगमा गण्डकी प्रदेश समिति पोखरालाई थप प्रभावकारी बनाउदै कलाकारको हकहित तथा वृत्ति विकाससहित संस्थाको गरिमालाई बढाउन सहज हुनेमा अध्यक्ष गुरुङ आशावादी हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button