पर्वतस्थित कालीगण्डकीमा बेपत्ता युवा मृत अवस्थामा भेटिए

पोखरा न्यूज । पर्वतस्थित कालीगण्डकी नदीमा एक हप्ता अघि हामफालेर बेपत्ता भएका  युवा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन ।

पर्वत बिहादी गाउँपालिका-२ पैंयु निवासी ३५ वर्षीय ज्ञानबहादुर कुँवर फागुन २६ गते कालीगण्डकी नदीमा हामफाली बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कुँवरको खोजीगर्ने क्रममा मंगलबार बिहान १०.०० बजे विहादी गाउँपालिका-३ पस्यार स्थित कालीगण्डकी नदीको किनारमा शव फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button