मोटरसाइकल र जीप एकापसमा ठक्कर खाँदा २ गम्भीर घाइते, मणिपालमा उपचार हुँदै

पोखरा न्यूज ।  पोखरा बागलुङ सडक खण्डमा मंगलबार सवारी दुर्घटना हुँदा दुई युवक गम्भीर घाइते भएका छन् ।

कास्कीको  अन्नपूर्ण गाउँपालिका – ५ नयाँ पुल स्थित पोखरा बागलुङ सडक खण्डमा काँडेतर्फ जाँदै गरेको ग१ज ६९५० नं. को जिप र विपरीत दिशाबाट आउँदै गरेको ध२प १११९ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई युवक घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तनहुँ घर भई कास्की अन्नपूर्ण गाउँपालिका ५ नयाँ पुलमा डेरा गरी बस्ने १८ वर्षीय महमद समिन र मोटरसाइकल पछाडि सवार अन्नपूर्ण -६ हाइजुङका १७ वर्षीय विश्व नेपाली गम्भीर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घाइते दुवैको गम्भीर अवस्थामा  मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको वरिष्ठ उपरीक्षक पोखरेलले बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button