बागलुङमा मोटरसाइकल दुर्घटनामा युवा घाइते, धौलागिरि अस्पतालमा उपचार हुदै

पोखरा न्यूज । बागलुङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवा घाइते भएका छन् ।

काठेखोला गाउँपालिका–६ सुलडाँडास्थित भित्री सडकखण्डमा तग्रामबाट बिहुँतर्फ जाँदै गरेको बा ८१ प २९४२ नं.को मोटरसाइकल सडकबाट १५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक काठेखोला गाउँपालिका-४ तग्राम निवासी ३५ वर्षीय भीम सुनार घाइते हुनुभएको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सुनारको धौलागिरि अस्पताल बाग्लुङमा उपचार भइरहेको पोखराले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button